तारागाउँ रिजेन्सीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ मंसिर । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको छ । होटल्स संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत वितरण गर्ने जनाएकाे छ ।

होटल्सकाे आगामी २७ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले उक्त लाभांश पाउनेछन्।