गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मङ्सिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अहिले खतरामुक्त अवस्थामा रहेकाे उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । अहिले बिहान प्रधानमन्त्री प्रचण्डले समेत भेटेर श्रेष्ठको स्वास्थ्यलाभकाे कामना गरेका छन।

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेकाे थियाे । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।