अब नबिल बैंकमा मेसिनबाटै चेक क्लियरिङ्ग गर्न सकिने

-



     सफल आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० मंसिर ।  नबिल बैंक लिमिटेडले मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधा शुरू गरेको छ । यस सुविधा मार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधा भएपछि अब ग्राहकले आफ्नो समय अनुकुल पारि बैकिङ समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दियो ।

हाल नबिलले काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।