प्राइम कमर्शियल बैंकले गर्याे लाभांश नदिने निर्णय

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । प्राइम कमर्शियल बैंकले यसपटक लगानीकर्तालाइ लाभांश नदिने भएकाे छ। बैंकले आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने घोषणा गरेको हाे।

बैककाे मंगलबार बसेको ४ सय ८७ औँ बोर्ड बैठकले आर्थिक वर्ष २०७९-८० का लागि कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको बताइएकाे छ। नेपाल राष्ट्र बैंक र बैकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि लाभांश नदिने प्रस्ताव पारित हुनेछ।