एनआइसी एसिया लघुवित्तकाे १५ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ पुस । एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । सभा धरानस्थित गोर्खा होटल चतरा लाइनमा बसेकाे हाे । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरेकाे छ । 

यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन तथा अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित नाफा–नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय विवरण लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिएकाे छ । साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेकिएकाे छ । 

सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित भई प्रतिनिधित्व गर्नुभएका दिपक ढकाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका थिए । बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेका ढकाल एनआईसी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन ।

निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।