कोशी, बागमती र गण्डकीमा बदली, तराईमा हुस्सु

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ पुस । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएकाे छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

पुस १६ गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस १७ गते (मंगलबार)

दिउँसो: कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बांकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस १८ गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउन अनुराेध गरिएकाे छ ।