ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवकाे पुर्वसन्ध्यामा सातै प्रदेशमा प्रभातफेरि कार्यक्रम

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड भाेलि पौष १७ गतेदेखि स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । आफ्नो १७औँ वार्षिकोत्सवको पुर्वसन्ध्यामा बैकले शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको बताएकाे छ ।

काठमाडौँमा आयोजित प्रभातफेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरु परिक्रमा गरेका थिए ।

ग्लोबल आइएमई बैंक देशभरका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो ।