युनाइटेड मेवाखोला हाइड्राेपावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ पुस । युनाइटेड मेवाखोला हाइड्राेपावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएकाे छ ।
आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेड बीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हाे ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्राेपावरकाे तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

याे सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवाखोला हाइड्राेपावरकाे शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्राेपावरले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित छ । सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।