नयाँ वर्षकाे आकर्षण : हुन्डाई गाडी खरिदमा पाँच लाखसम्म छुट

-



     सफल आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ पुस । लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर हुन्डाई नयाँ बर्ष डिलाइट २०२४ योजना सार्वजनिक गरेकाे छ ।

यस याेजना अन्तर्गत कम्पनीले पुस १६ गते साेमबारदेखि देशभर रहेका शोरुमहरूबाट ग्राहकलाई हुन्डाईका गाडीकाे खरिदमा आकर्षक छुट दिएको जनाएकाे छ ।

गाडी खरिदमा ग्राहकले रूपैयाँ ५ लाखसम्मको नगद छुट पाउनेछन् । विद्युतीय गाडीको खरिदमा प्रोत्साहनका लागि रूपैयाँ ५० हजार सम्मको गो–ग्रीन बोनस पाउने भएका छन् । यसका साथै गाडीको मोडल इएरको आधारमा रूपैयाँ लाखसम्मको छुट पाउनेछन्।

गाडी खरिद गर्दाखेरि १ वर्षसम्म निःशुल्क बीमा, सवारी कर तथा मूल्यांकन र एक्सचेन्ज गर्ने सुविधा पाइने भएकाे छ । हुन्डाई आईसिई गाडीहरुमा ३ वर्षकाे वारेन्टी रहेकाे छ । ग्राहकले ६ वर्षको फ्रि सर्भिसिङ्ग पाउनेछन् भने इभि गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी रहनेछ ।

हुन्डाई अटोमोवाईल्सको आधिकारीक विक्रेता रहेकाे लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका नेपालका १७ शोरुमहरु रहेका छन् । यसका १९ सर्भिस सेन्टरहरु र ४३ बढी चारजिङ पोइन्टहरु रहेका छन् ।

याे याेजनाबाट ग्राहकले हुन्डाईको ह्याचब्याक, कम्प्याक्ट एसयुभि र इभि गाडी खरिद गरि फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ।