रकहेडस् संगै एनटिएचएमसिको फुड फेस्टमा दर्शकको घुईचो

- फुड फेस्टमा सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक कर्याकुशलता प्रदर्शन : अध्यक्ष पालिखे

-



     सफल आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित



पोखरा, २९ पुस । पर्यटन व्यवसायीहरु, विद्यार्थी, युवायुवती र सर्वसाधारणहरुले खचाखच भरिएको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको प्राङ्गण शनिबार साँझ अबेरसम्म उस्तै भरिभराउ थियो ।

बिहानैदेखि आयोजक रहेका व्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ५औं सेमेस्टरका विद्यार्थीहरु, त्यहाँ उपस्थित भएकाहरू पाहुनाहरू फुड फेस्टमा राखिएका दर्जन खानाका परिकार, पेय पदार्थसंगै विभन्न सांस्कृतिक कार्यक्रमहरूको साथमा रमाइरहेका थिए ।

जब साँझ ढल्दै गयो दर्शकहरु नेपाली कौडा, झ्याउरे लगायतका विभिन्न गीतसंगैका नृत्य अवलोकन गरिरहेका थिए । किङ्गस इन्स्टिच्युडको मुख्य प्रायोजन तथा विविभन्न संघ, संस्थाहरुको सहयोगमा कलेजका विद्यार्थीहरुले नै व्यवस्थापन गरेको फुड फेस्टको आकर्षण काठमाडौंबाट आएको रकहेड्स व्याण्ड पनि थियो ।

पुसको बिदाई हुँदै गर्दाको बढ्दो चीसोको प्रवाह नगरेका दर्शकहरुलाई कलेज विद्यार्थी कलाकार, पूर्व विद्यार्थी कलाकार तथा रकहेड्का व्याण्डका कलाकारहरु स्टेजमा पुग्दा तालिको गडगडाहट चलेको थियो ।

इभेन्टस् म्यानेजमेन्ट गरेरै पनि राम्रो कमाई गर्न सकिन्छ : प्रिन्सिपल रेग्मी

अतिथिहरुलाई व्यवस्थापनमा लागिरहेका प्रिन्सिपल प्रकाश रेग्मी कार्यक्रम, कार्यक्रम संयोजक सलिना थापा लगायतका सदस्यहरु बडो चनाखो भएर दौडधुप गरिरहेका थिए ।

प्रिन्सिपल रेग्मीले भने, फुड फेस्टको अर्को विशेषता भनेको बिएचएमका विद्यार्थीहरुले आफैंले बनाएको खाना र रुचिकर स्वाद, ककटेल, मकटेलको विभिन्नता भएकाे सिपकाे प्रदशर्न पनि हाे ।

कलेजमा विद्यार्थीले के सिके र गरिरहेका छन् भन्ने कुरा शिक्षण सिकाईसंगै व्यावहारिक दक्षताको पनि प्रदर्शन फेस्टबाटै भएको रेग्मीले बताए । अर्को कुरा यहाँ अध्ययन गरिसकेपछि कसैलाई बेरोजगार बस्नुपर्ने छैन । जागिर खान जानै पर्छ भन्ने छैन बरु आफैं उद्यमशील भएर अरुलाई जागिर दिने क्षमताका विद्यार्थी होउन भन्ने हाम्रो चाहना हो । इभेन्टस् म्यानेजमेन्ट गरेरै पनि जीवनमा राम्रो कमाई गर्न सकिने रेग्मीको भनाई थियो ।

शिक्षण सिकाई र व्यवहारिक ज्ञानको थलोमा यस पटकको मुख्य सहयोगि हुन पाएकोमा संस्थापक महेश भण्डारी पनि मख्ख थिए । उनले विदेशमा अध्ययनका लागि जानै पर्ने भए पूर्वका दिनहरुमा परामर्श लिएर मात्र जान सुझाईरहेका थिए ।

गी सुन्दै, नृत्य हेर्दै गरेका पर्यटन व्यवसायी सन्तोष पोखरेल, छेउमै बसेका नविल बैंकका प्रतिनिधि, पर्यटन व्यवसायी, अन्य पाहुनाले विद्यार्थीको पकान कलाको तारिफ गरेका थिए ।

फुड फेस्टमा ३ हजार बढीको संख्यामा दर्शकको उपस्थिति थियो । फुड फेस्टिबल सम्पन्न गर्न संयोजक सलिना थापासंगै बिएचएम पाँचौ सेमेस्टरका विद्यार्थी खटिएका थिए । रु १० लाखको अनुमानित वजेटमा खर्च कटाएर करिब डेढ, दुई लाखको बचत भयो भने विद्यार्थीहरु अवलोकन भ्रमणमा जाने र सामाजिक कार्यमा लगाउने प्रचलन रहेको प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

फुड फेस्टमा सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक कर्याकुशलता प्रदर्शन : अध्यक्ष पालिखे

यसअघि बिहान कार्यक्रम बारे पोखराका पत्रकारहरुलाई जानकारी गराउँदै कलेजका अध्यक्ष अशोक पालिखेले विद्यार्थीको सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक कर्याकुशलता प्रदर्शनका लागि वर्षेनि फुड फेस्ट उनीहरुकै आयोजनामा हुँदै आएको बताए ।

पालिखेले विद्यार्थीको हौसलाका लागि पनि यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए। सो अवसरमा पत्रकारहरुलाई कलेजका ल्यावहरुको अवलोकन र बस्तुस्थितिको बारेमा जानकारी दिएका थिए ।

पाेखराका १४ जना शिक्षाप्रेमीहरू मिलेर नेपालमै पहिलो पटक सन् १९९९ मा पोखरा विश्वविद्यालयको सम्वन्धनमा पोखरा १८ छिनेडाँडामा स्थापना गरिएकाे हाे । यहाँ पढाइ शुरू भएपछि विदेशमा महंगाे रकम तिरेर पढ्न विद्यार्थी अब बाध्य छैनन् ।

यहाँ अध्ययन गरेका काेहि पनि बेराेजगार बसेका छैनन् । १३ सय विद्यार्थी देश, विदेशमा काम गरिरहेका र केहिले तारे हाेटलमा काम गरिरहेका कलेज खाेल्दाका अगुवा तथा अध्यक्ष अशोक पालिखेले बताए ।