ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकलाई बिगमार्टमा १० प्रतिशत छुट

-



     सफल आवाज    
     माघ ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले विगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट योजना माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ ।

यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।