गरिमा विकास बैंककाे “गरिमा सरल एसएमई कर्जा” याेजना

-



     सफल आवाज    
     माघ ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ माघ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यले ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा याेजना ल्याएकाे छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना ल्याइएकोे बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने बताइएकाे छ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २३ शाखा कार्यालय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए ।