पोखरा जिप दुर्घटना : चालककाे मृत्यु, दुई घाइते

-



     सफल आवाज    
     माघ १० गते २०८० मा प्रकाशित



पाेखरा, १० माघ । पोखरामा आज बिहान भएकाे जिप दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परि २ जना घाईते भएका छन् ।

पोखरा महानगरपालिका वडा नं १८ चिसाखोला नजिक मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नं को दुध बोक्ने बोलेरो बिहान सवा ९ वजे नियन्त्रण गुमाई सडकबाट २० फिट तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाईते भएका पोखरा महानगरपालिका वडा नं १८ ग्यारजाती बस्ने वर्ष ४९ का जीप चालक कृष्ण बहादुर थापाको मणिपाल शिक्षक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

सोहि ठाउँ बस्ने वर्ष ६९ की हिमकला थापाको टाउकोमा चोट लागेको र उनको उपचार भईरहेको छ । अर्कि घाईते सोहि ठाउँकी ७० वर्षिया चन्द्रकला रहेकी छन् ।

दुर्घटना भएको थाहा पाउने बित्तिकै वडा प्रहरी कार्यालय बगरबाट १३ जनाको प्रहरीको टोली उद्धारमा खटिएको थियो । दुर्घटनमा परेको गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।