प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा प्रसाईं नियुक्त

-



     सफल आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ माघ। प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्ताेष प्रसाईं नियुक्त भएका छन। प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका हालका सिईओ रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि निमित्त सिईओको जिम्मेवारी प्रसाईंले पाएका हुन् ।

इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेकाे बैठकले सिईओ भट्टराईकाे राजीनामा स्वीकृत गरी प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी दिएको हो।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको थियो । प्रसाई साविकको प्रभू लाइफका सिईओ थिए। मर्जरपछि भट्टराई सिईओ भएका थिए ।