नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत

-



     सफल आवाज    
     माघ २० गते २०८० मा प्रकाशित



पोखरा, २० माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको आज सम्पन्न ५ औं साधारण सभा तथा तेश्रो अधिवेशनबाट कृष्ण प्रसाद पोखरेल (कास्की)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

महासंघको प्रथम उपाध्यक्षमा रामचन्द्र नेपाल स्याङजा, दितिय उपाध्यक्षमा ताराराज घले लमजुङ, सचिवमा प्रदिप खनाल गोरखा, कोषाध्यक्षमा ठाकुर प्रसाद शर्मा म्याग्दी र सहसचिवमा सुरेन्द्र वास्तोला कास्की विजयी भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा सन्दिप खनाल तनहुँ, सदस्यमा रमेश प्रसाद भुर्तेल नवलपुर र ज्ञानहरि सापकोटा लमजुङ चयन भएका छन् ।

सदस्यहरुमा शान्ती पाण्डे नवलपुर, चूडामणी लुईटेल स्याङजा, दुदराज सोती लमजुङ, कमलमोहन घिमिरे तनहुँ, भागवत अर्याल नवलपुर, सरस्वती आचार्य कास्की विजयी भएका छन् ।

यस्तै टेक बहादुर कार्कि नवलपुर, टंकप्रसाद ढकाल कास्की, प्रकाश थापा तनहुँ, रञ्जनलाल श्रेष्ठ तनहुँ, योगराज गिरी पर्वत, सरस्वती भण्डारी पर्वत, सुस्मा श्रेष्ठ गोरखा, देवेन्द्र देव खनाल स्याङजा र दुर्गादत्त आचार्य कास्की रहेका निर्वाचन मण्डलका संयोजक दुर्गा कुमार श्रेष्ठले जनाएका छन् ।

यसैबीच, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी र महासंघ कास्कीले नवनिर्वाचित समितिलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

निवर्तमान अध्यक्ष लिलाराम गौतमले आफु नेतृत्वको कार्यकालमा सम्पूर्ण पुस्तक तथा स्टेशनरी व्यवसायीको हकहित, सामाजिक उत्तरदायित्व बहन गर्ने रचनात्मक कार्यमा सघाएकोमा आभार व्यक्त गरे ।