एभरेष्ट बैंक र धनगढी नेत्रालयबिच छुट सम्झौता

-



     सफल आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित



धनगढी, २४ माघ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । अब एभरेष्ट बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् ।

बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकका ग्राहकहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म र फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।