कुमारी बैंकको साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०–८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभामा भएको सञ्चालक समितिको चुनाव मार्फत संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन्।

त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।