३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



बारा, ४ माघ । लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । अ

भियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।