राष्ट्रिय योजना आयोगले १८ खर्बको बजेट सिलिङ तोकिदियो: अर्थमन्त्री महत

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिदिएको बताएका छन । अर्थमन्त्री महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर याे जानकारी दिएका हुन ।

अर्थमन्त्री महतले घुमाउरो पारामा बजेटकाे सिलिङप्रति असन्तुष्टि समेत जनाएका थिए । उनले सिधै नभने पनि अर्थमन्त्रालयसँग पर्याप्त छलफल नभएको आशय देखाएका छन् ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।