चार सय किमिकाे रेन्ज दिने ‘नामी’ इभी नेपालमा ल्याइदै

-



     सफल आवाज    
     फागुन ५ गते २०८० मा प्रकाशित



काठमाडाैं, ५ फागुन । डोङफेड समूहकाे नामी इभी गाडी नेपाल ल्याउन लागिएको छ । नेपालमा चिनियाँ गाडी उत्पादक कम्पनी डोङफेड समूहले नामी ल्याउन लागेकाे हाे ।

याे गाडीकाे ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको हो । कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई लक्षित नामी इभी गाडी उत्पादन गरेकाे जनाएकाे छ।

यसपालि नाडाले गरेकाे नाडा अटो शोमा सेरेस गाडी भित्र्याइएको थियाे । कम्पनीले अबकाे २ महिनामा गाडी नेपाल ल्याउने तयारी गरेकाे जनाएकाे छ । नेपालमा हाल सेरेस इभीलाइ गाडीका साेखिनहरूले निकै रचाएका छन् ।

अहिले बजारमा एमएडब्लु विद्यूतीय सवारी तिब्र रूपमा भित्र्याइएकाे छ । एमएडब्लूले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान, पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सव ब्रान्ड डिपलका विद्युतीय कारकाे बिक्री गरिरहेकाे छ ।

नेपालमा नामी ब्रान्डकाे गाडी ल्याउन एमएडब्लू आधिकारीक वितरकमा नियुक्त भएको जनाइएकाे छ । गाडी क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन गरिएकाे छ । यसकाे लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम छ।

यसमा 3C7#दुई ब्याट्री अप्सन ३१.४५ र ४२.३ किलोवाट आवर ब्याट्री अप्सन रहेकाे छ । ७० किलोवाटको मोटर जडान रहेको यो गाडीले ४ सय किलोमिटर बढीकाे रेन्ज दिने विश्वास गरिएकाे छ । यसकाे प्रतिघण्टा स्पीड १ सय ४० किलोमिटर रहेकाे छ ।