कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ फागुन । कामना सेवा विकास बैंकमा अनलाईनबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने सुबिधा सार्वजनिक गरेको छ । अब बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ ।

अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएपनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । आफ्नाे समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो केवाईसी अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ ।

बैंकको डिजिटल प्लेटफर्म www.digiaccount.kamanasewabank.com मा गएर उक्त सेवा लिन सकिने बैंकले जनाएको छ । स्वदेश तथा विदेशमा भएका व्यक्तिले अब सजिलै खाता खोल्न सक्ने बैंकले जनाएको छ । विदेशमा भएकाले खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन । हाल बैंकले १ सय ३५ शाखा संजाल तथा ७७ वटा एटिएमवाट बित्तीय सेवा प्रदान गर्दै आएको छ ।