बीमा सर्भेयर संघकाे अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित

-



     सफल आवाज    
     फागुन ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ फागुन । बीमा सर्भेयर संघ नेपाल (निसा)को १५औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनबाट मोहनपुरुष ढकाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको हालै सम्पन्न १५औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनबाट निर्वाचित ढकालकाे नेतृत्वकाे समितिकेा कार्यकाल २ वर्षकाे रहनेछ ।

उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट निर्वाचित भएका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष ढकालले सर्भेयरहरुको साझा संस्था निसालाई अब्बल बनाउन नयाँ कार्यहरूका साग अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।