गरिमा क्यापिटलकाे निःशुल्क मेरोशेयर र डिम्याट खाता योजना

-



     सफल आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० फागुन । “हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर (Free DEMAT And MEROSHARE ACCOUNT Opening) खाता खोल्न सकिने योजना ल्याएको छ ।

याे योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सक्नेछन ।

ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने गरिमा क्यापिटलले जनाएकाे छ।

घरमै बसेर यो सुविधा लिन https://demat.garimacapital.com/#/register लिङ्कमा गएर “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले बताएका छन ।