कामना सेवा बैकका ग्राहकले ड्रिमल्याण्ड गाेल्ड रिसाेर्टमा छुट पाउने

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ फागुन । कामना सेवा विकास बैंकले रुपन्देहीकाे ड्रिमल्याण्ड गाेल्ड रिसाेर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएकाे छ ।

ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल आफ्ना १ सय ३५ शाखा सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवाकेन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।