कामना सेवा विकास बैंकले ल्यायाे नयाँवर्ष २०८१ को क्यालेण्डर

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । कामना सेवा विकास बैंकले नयाँवर्ष २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्वेश्यले बैंकले आफ्नो क्यालेण्डरमा विभिन्न तालहरूकाे फाेटाे समावेश गर्दै २०८१ को क्यालेण्डर प्रकाशन गरेको बताइएकाे छ ।

साे क्यालेण्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्युआर कोडको व्यवस्था गरेको जनाएको छ ।

नेपाल पंचाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको सो क्यालेण्डर डिजिटल माध्ययमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । क्युआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

क्यालेण्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आइरहेको बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।