साइमेक्सले बिवाईडी सिगल इभी छिट्टै नेपाल ल्याउदै

-



     सफल आवाज    
     फागुन २६ गते २०८० मा प्रकाशित



काठमाडाैं, २६ फागुन । साइमेक्स इंकले छिट्टै सिगल इभी नेपाल ल्याउने तयारी गरिरहेकाे जानकारी गराएकाे छ । कम्पनीले नेपाल सरकारले बजेट भाषण गर्न पहिले नै साे गाडी नेपालमा ल्याउने तयारी गरेकाे छ ।

यस गाडीले एक पटककाे फूफ चार्जमा ३ सय देखि ४ सय किलाेमिटर सम्मकाे रेन्ज दिने कम्पनीले जनाएकाे छ भने राइट ह्याण्ड ड्राइभमा उत्पादन गरिएकाे छ । नेपालमा बिवाईडी डल्फिन, एटो थ्रि लोकप्रिय रहेकाे छ ।

अहिले विश्व बजारमा विद्युतीय गाडीको माग बढिरहेकाे छ । नेपालमा पनि इभि गाडी बिक्रीवितरण भइरहेकाे बेलामा बिवाइडीले विश्व बजारमा राम्रो पकड जमाउन सफल भएकाे बिवाईडी सिगल नेपाली बजारमा भित्र्याउन लागेकाे साइमेक्स इंकले जनाएकाे छ ।

बिवाईडी गाडी धेरैकाे राेजाइमा परेकाे गाडी हाे । यी गाडीहरूकाे बजार व्यवस्थापन पनि राम्राे भइर्रहेकाे छ । बिक्री पनि अन्यकाे तुलनामा राम्राेमािनएकाे छ । यसकाे ब्रान्डिङमा देखिएकाे बढाेत्तरीले नेपालमा नयाँ गाडी ल्याउन घच्घचाएकाे हाे ।

सिगल ईभीमा ५५ किलोवाट पावरको मोटर जाडन गरिएकाे छ । यसमा ३०.०८ किलोवाटआवर र ३८.८८ किलोवाट आवरका दुईवटा भिन्दै ब्याट्री राखिएकाे छ ।

सिगल ईभी सन् २०२३ अप्रिलमा सांघाइ अटो शो काे बेलामा सार्वजनिक गरिएकाे थियाे । सिगल ह्याचव्याक सन् २०२३ मा २ लाख ८० हजार यूनिट बिक्री भएको जनाइएकाे छ । चिनकाे अटाे बजारमा सिगल इभीको मूल्य ९ हजार ७०० अमेरिकी डलर रहेकाे छ ।