नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकीकाे अध्यक्षमा पर्यटन व्यवसायी आचार्य चयन

-



     सफल आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित



पोखरा, २९ फागुन । पर्यटन व्यवसायी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी प्रदेश संघ गठन गरिएको छ ।

आचार्यको अध्यक्षतामा भएको भेलाले ११ सदस्य तदर्थ कार्यसमिति चयन गरेको हाे ।

संघको उपाध्यक्षहरुमा डा.उमेश पराजुली, समितराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा इन्दिरा लामिछाने, कोषाध्यक्षमा डा.गौरव सुवेदी रहेका छन् । सदस्यहरुमा थानेश्वर बराल, रविन्द्र जिसी, सुविन थापा, कल्पना बास्तोला, भुपेन्द्र लामा रहेका छन् ।

अध्यक्ष आचार्यले पोखरा साहसिक खेलकुदको हब भएकोले यसको प्रवर्धनको लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी संघ गठन गरिएको बताए ।

आचार्यका अनुसार पोखरालाई साहसिक खेलकुदको गन्तव्य बनाउन खेलकुदका गतिविधि आयोजना गरिनेछ ।