बिराैटाकाे नोवेल हस्पिटलद्वारा स्याङ्गजाकाे टक्सारमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

-



     सफल आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित



पाेखरा, १ चैत । पोखराकाे बिराैटामा रहेकाे नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटल एण्ड ट्रमा सेन्टरले पुतलीबजार नगरपालिका स्याङ्गजामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर हालै सम्पन्न गरेकाे छ ।

नि:शुल्क स्वास्थ्य शिविरमा बालराेग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, छाला तथा यौन रोग , नाक, कान, घाटी लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ३५० जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अनिस बाबु पौडेलले बताए ।

उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा वालरोग विशेषज्ञ डा शंकर पौडेल, प्रसुती तथा रुत्रीरोग विशेषज्ञ डा प्रेमराज पंगेनी, पेट छाती तथा हार्माेनरोग रोग विशेषज्ञ डा गणेश पौडेल, हाडजाेर्नी तथा नशा रोग विशेषज्ञ डा निरन्जन अर्याल, छाला तथा यौन रोग विशेषज्ञ डा सौरभ अर्याल, वरिष्ठ रेडीयोलोजिष्ट डा कृष्ण तिमिल्सिना, जनरल फिजिसियन डा अानन्द भट्टराइ, लगायतले बिरामीलाई नि:शुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा नि:शुल्क औषधि वितरण गरिएको शिविरका संयोजक डा निरन्जन अर्यालले बताए ।

सो अवसरमा १४० जनाको नि:सुल्क सुगर जाँच र १८० जनाको भिडियो एक्सरे समेत गरिएको थियो। आबस्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि नि:शुल्क औषधि वितरण गरिएको बताइएको छ।

बरिष्ठ चिकित्सकहरुको समुहद्धारा संचालित यस नोवेल चिल्ड्रेन एण्ड ओमन हस्पिटल एण्ड ट्रमा सेन्टरले २४ घण्टा बिशेषज्ञ स्वास्थ्यसेवा सहित आई सि यु, एनआईसियु, पिआईसियु सहित सामान्य देखि जटिल शल्याक्रिया सेवा प्रदान गरिरहेको बताइएकाे छ ।