सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेकाे निर्देशन

-



     सफल आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित



काठमाडाैं, ४ चैत । गृहमन्त्री रवि लामिछानेले सुनको तस्करीका सम्बन्धमा बनेकाे सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सराेकारवाला निकायलाई निर्देशन दिएका छन् ।

आज गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई कार्यान्वयनका लागि साे निर्देशन दिएका हुन् ।

मन्त्रालयमा गरिएकाे छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

सुन तस्करीकाे आराेप लागेका पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ परिसकेका छन् भने पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि मुद्दा चलाउन सिफारिस गरिएकाे छ ।