सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीहरुले दुसित प्रिन्सेसमा २५ प्रतिशतसम्म छुट पाउने

-



     सफल आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित



काठमाडौँ, ५ चैत । सांग्रिला डेभलपमेन्ट बैंक र दुसित प्रिन्सेस होटल काठमाडौं बिच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु (रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले याे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडौँ तर्फबाट होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन ।

बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्ने भएका छन् । साथै बैंकका कर्मचारीहरुलाई बिभिन्न पार्टीका लागि हलहरुमा विशेष छुट दिइने सम्झौतापत्रमा उल्लेख छ ।