निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

-



     सफल आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित



ढोरपाटन (बागलुङ), ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।