कामना सेवा विकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण

-



     सफल आवाज    
     चैत्र ७ गते २०८० मा प्रकाशित



काठमाडाैं,७ चैत । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई सहयाेग स्वरूप २ थान गोप्रो हस्तान्तरण गरेको छ।

बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योगराज खतिवडालाई उक्त सामाग्री हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सिएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा प्रहरी प्रभागका प्रहरीहरुको उपस्थिती रहेको थियो ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।