कामना सेवा विकास बैंककाे विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ चैत । कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरूलाई वित्तीय काराेबार गर्ने तरिका बचत गर्ने बानीकाे बिकाश लगायत समग्र बित्तिय शिक्षाको बारेमा जागरण ल्याउने उदेश्यले बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिरहेको बताइएकाे छ ।

साे अवसरमा बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयकाे अवलाेकन समेत गराएको थियाे ।साथै बैंकका विभिन्न शाखा तथा विभागहरुबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीलाई जानकारी दिइएको थियाे ।

बैंकले हाल आफ्ना १ सय ३५ शाखा सञ्जालहरु तथा ७७ एटिएम र विभिन्न शाखारहित सेवा केन्द्र मार्फत अत्याधुनिक बित्तिय सेवा प्रदान गरिरहेको छ ।