यस्ताे छ ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंकले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवर्धन गर्न ग्रिन ड्राइभ योजना ल्याएकाे छ। बैककाे याे ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिदमा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बताइएकाे छ ।

५ वर्षसम्मको कर्जा अवधिका लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहनेछ ।

न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको याे ग्रिन ड्राइभ योजनामा सरल र छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराख्नु भएकालाई यस योजनाले लाभान्वित गर्ने बैंकले बिश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।