कामना सेवा विकास बैंकका ग्राहकले द ऐ-ला लाउन्जमा १५ प्रतिशत छुट पाउने

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरकाे द ऐ-ला लाउन्जसँग छुट सम्बन्धी सम्झौता गरेको छ । याे सम्झौता अन्तर्गत बैंकका ग्राहकले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा लिन सक्ने सम्झौतामा उल्लेख छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १ सय ३५ शाखा सञ्जाल,, ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ।