वडा नं ३ को वक्तृत्वकलामा पार्वती, शारदा र भावना क्रमशः प्रथम, दितिय र तृतिय हुन सफल

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



पोखरा, १६ चैत । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरले आयोजना गरेको बक्र्ततृत्वकला प्रतियोगितामा महिला मिलन आमा समूहकी पार्वती पाण्डे प्रथम भएकीे छन् ।

पोखरा महानगरपालिका कार्यालय सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा वडा नं ३ को आयोजनामा गृहणी महिलाहरुको लागि संचालन गरिएको प्रतियोगितामा वालमन्दिर आमा समूहकी शारदा पौडेल दितिय भएकीे छन् ।

वडा नं ३ का अध्यक्ष प्रकाशमान उदास प्रमुख अतिथि रहेको कार्यक्रममा खुल्ला रुपमा सहभागि भावना पन्त बिविष्टले तृतिय स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा गीता कुँवर र पूर्णकला परियारले सान्तोना स्थान प्राप्त गरेका कार्यक्रम संयोजक तथा महिला सदस्य वडा नं ३ की शान्तिदेवी पराजुलीले जानकारी दिईन् ।

प्रथम हुने पार्वती पाण्डेले नगद ७ हजार र प्रमाण पत्र, दोश्रो हुने शारदा पौडेलले नगद ५ हजार र प्रमाण पत्र तथा तेश्रो हुने भावना पन्त विष्टले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरिन् ।

सान्तोना स्थान प्राप्त गर्ने गीता कुँवर र पूर्णकला परियारलाई समान दुई, दुई हजार र प्रमाण पत्र प्रदान गरियो । विजेताहरुलाई वडा नं ३ की वडा सदस्य शान्ति पराजुलीले कार्यक्रम व्यवस्थापक तथा वडा न‌ ३ का सदस्य सनकमान सिके, वडा नं ३ की सदस्य सवि परियार, निर्णायक संयोजक चन्द्रावती वाग्लेसंगै पुरस्कार दिएकी थिईन् ।

प्रतियोगितामा सहभागि भएको गृहणी महिलाले “विदेश जानुभन्दा यहीं केहि गर्न सकिन्छ” भन्ने विषयमा आफ्नो बिचार व्यक्त गरेका थिए ।