विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



फुङ्लिङ (ताप्लेजुङ), २२ चैत । जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो ।

गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताए। उनका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताए । अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।