कुमारी बैंककाे २३औं वार्षिकोत्सवमा १ सय ४५ जनाले गरे रक्तदान

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ चैत। कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम गर्दै २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ।

बैंकले देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्न हरदम प्रतिबद्ध रहेकाे जनाएकाे छ ।

वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १ सय ४५ जनाले रक्तदान गरेका थिए ।

बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा” पहिरन लगाएर वार्षिकउत्सव सम्पन्न गरेको छ । याे कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पूर्याएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बताइएकाे छ ।