कोशी प्रदेश, गण्डकी र मधेशमा आंशिक बदली

-



     सफल आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

चैत २५ गते (आईतबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी  प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ ।

राती:  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चैत २६ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चैत २७ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:  देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी  प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ ।

त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।