कामना सेवा बैंककाे सन्देशमूलक भिडियो सिरिज सार्वजनिक

-



     सफल आवाज    
     चैत्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ चैत । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज “KSBBL: Financial Footsteps” को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८१ को अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खलाहरू सार्वजनिक गरिने बैंकले जनाएको छ ।

१३ वटा श्रृङ्खला भएको सो भिडियोले विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जीवनलाई पछ्याएकाे छ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरेकाे बैककाे दाबी छ ।

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुनेछ ।

बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक बित्तिय सेवा प्रदान गरिरहेको छ ।