एमएडब्लु ग्रुपकाे पब्लिक रिलेसन डाइरेक्टरमा मिलन बाबु मल्ल नियुक्त

-



     सफल आवाज    
     वैशाख १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ बैशाख । एमएडब्लु ग्रुप अफ कम्पनीजको पब्लिक रिलेसन डाइरेक्टरमा अटाे व्यवसायी मिलन बाबु मल्ल नियुक्त भएका छन् । ग्रुपका प्रवन्ध निर्देशक विष्णु कुमार अग्रवालले मल्ललाई डाइरेक्टरमा नियुक्त गरेका हुन् ।

व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका मल्ललाई डाइरेक्टर नियुक्त गरेपछि एमएडब्लु ग्रुपको समग्र विकास तथा व्यावसायिक क्षेत्र विस्तारमा थप योगदान पुग्ने कम्पनीकाे विश्वास छ ।

एमएडब्लु ग्रुपले नेपालका लागि आयात गर्ने जेसिबी र यामाहाको बिक्रेता भएर काम गरिरहेका मल्लले आफ्नो करिअरको यात्रा पनि साेही ग्रुपबाटै सुरु गरेका थिए ।

मल्ल हाल नाडाको कोषाध्यक्ष, सिएनआईको नेशनल काउन्सिल मेम्बर तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको फस्ट भाइस गभर्नर (इलेक्ट) काे जिम्मेवारीमा छन् ।