गरिमा विकास बैंकको नयाँ वर्ष क्यास ब्याक अफर

-



     सफल आवाज    
     वैशाख १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ बैशाख । गरिमा विकास बैंकले नयाँ वर्ष २०८१ को अवसरमा सेवाग्राहीका लागि विशेष योजना ल्याएको छ । बैंकले कुनैपनि सेवा तथा सामान खरिद गरी डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम २०० नगद फिर्ता योजना सार्वजनिक गरेको हाे ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पि.ओ.एस.मेसिनमार्फत कारोबार गर्दा अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्ने बताइएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नका लागि सार्वजनिक गरिएको यस योजनाको अवधि २०८१ वैशाख १ गतेदेखि ३ गतेसम्म रहेको छ । साथै आफ्ना ग्राहकको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको बताइएकाे छ ।