प्रि ओपन सेसन : नेप्सेमा १.०३ अंककाे गिरावट

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ वैशाख । साताको सेयर काराेबार हुने दोस्रो दिन आज साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक १०३ अंकले घटेको हाे ।

अघिल्लो कारोबार भएकाे दिन आइतबार नेप्सेपरिसूचक २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा झरेको थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से १.०३ अंकले घटेर २०२२.३१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ अंकले घटेको छ।

नेप्सेका अनुसार ३६ कम्पनीहरूकाे १५ लाख ६६ हजार ३३१ रुपैयाँ ८० पैसा बराबरको काराेबार भएकाे छ । यसका लागि ४ हजार ३३१ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ ।

१३ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । १८ वटाकाे सेयरमूल्य घटेको छ। ५ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको छ।