आरएसडिसीकाे ९ महिनाकाे नाफा ११ करोड २१ लाख

-



     सफल आवाज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ वैशाख। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ९ महिनामा ११ करोड २१ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त मूनाफा कमाएको देखिएकाे हाे ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको बताइएकाे छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५५ लाख रुपैयाँ रिभर्स भएपछि खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ।