पाेखराकाे नयाँगाउमा प्रभु बैंकको शाखा बिस्तार

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ४ बैशाख। प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिका १५ नयाँगाउँमा आफ्नाे ३०२ औं शाखा बिस्तार गरेकाे छ। बैंकको बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उक्त शाखा कार्यालयको समुद्घाटन गरेकी हुन्।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै गौचनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको बताइन् ।

बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले हाल नेपालभरका ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम, ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।