सांग्रिला बैंकका ग्राहकले बंजी नेपाल एडभेन्चरमा छुट पाउने

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ४ वैशाख । काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा छुट प्रदान गर्ने बिषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा १ हजार र जोडी बंजी गर्दा १ हजार ५ सयसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

याे सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।