स्काइवाक टावरमा प्रभु बैंकका ग्राहकलाई बिशेष छुट

-



     सफल आवाज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित



काठमाण्डौ, ४ बैशाख। प्रभु बैंकका ग्राहकहरूले कमलादीकाे स्काइवाक टावरको टिकट खरिदमा बिशेष छुट पाउने भएका छन। सो सम्बन्धि समझदारीपत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन।

आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्यले गरिएकाे यस सम्झौताले प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सुविधा उपभोग गर्न पाउनेछन् ।

सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

प्रभु बैंककाे यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको बताइएकाे छ ।

स्काइवाक टावर कुल ७८ दशमलव ५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३ सय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरन्जन लिन सकिन्छ ।

प्रभु बैंक नेपालभरका ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बताइएकाे छ ।

बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदर समेत दिदै आइरहेको छ ।