गण्डकी प्रदेशसभाको बैठक वैशाख ७ गते आह्वान

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



गण्डकी, ५ वैशाख । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।