कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो बीच सम्झौता

-



     सफल आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ बैशाख। कामना सेवा विकास बैंकले काठमाडौंकाे लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

याे सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक बित्तिय सेवा प्रदान गरिरहेको छ ।