माछापुच्छ्रे बैंकको भैरहवामा नवनिर्मित कार्यालय भवनकाे शुभारम्भ

-



     सफल आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ बैशाख। माछापुच्छ्रे बैंककाे भैरहवास्थित सिद्धार्थनगर नगरपालिका १२ मा नवनिर्मित कार्यालय भवनको शुभारम्भ गरिएको छ। उक्त कार्यालय भवनकाे सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाकले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा अगाडी बढाउन सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए । उनले बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारी लगायत सहभागिता थियाे ।